0
काठमाडौं : नेपालमा नाकाबन्दी जारी रहेको अवस्थामा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका एक सांसद्ले नेपालबारेमा विवादास्पद र सनसनीपूर्ण भनाइ सार्वजनिक गरेका छन् । भारतीय जनता पार्टीका सांसद कीर्ति आजादबाट नेपालका तराई मधेसका १५ वटा जिल्ला भारतले खोसेर फिर्ता लिनुपर्ने विवादास्पद भनाइ भारतीय पत्रिका दैनिक जागरणमार्फत बाहिर आएको हो । पूर्वक्रिकेटर समेत रहेका भारतीय सत्तारुढ दलकै सांसद आजादले बेलायतले नेपाललाई दिएका १५ वटा जिल्लामा भारतको अधिकार रहेको दाबी गर्दै ती जिल्ला भारतले खोसेर लिनुपर्ने बताएपछि यसले नयाँ तरंग ल्याएको छ । नेपालले आफ्ना १५ वटा जिल्ला भारतलाई फिर्ता दिनुपर्छ’, उनले बिहारको दरभंगामा मंगलबार आयोजित एक कार्यक्रममा भनेका छन्, ‘अंग्रेजले हिन्दुस्तानका हिस्सा रहेका ती जिल्ला नेपाललाई दिएको थियो ।’ अंग्रेजले हिन्दुस्तानका हिस्सा रहेका ती जिल्ला नेपाललाई दिएपछि त्यतिबेलै त्यसका विरुद्धमा आवाज उठाएपनि ती जिल्ला फिर्ता गराउन त्यसपछि कुनै पहल नभएको उनले दाबी गरेका छन् । भाजपा सांसद् आजाद नेपालमा रहेका १५ वटा जिल्ला भारतमा गाभ्नका लागि आफूहरुले लडाइँ लड्ने पनि दाबी गरेका छन् । उनले १५ जिल्लालाई फिर्ता लिनका लागि भारतीय संसदमा आवाज उठाउने पनि बताएका छन् । ‘यसका लागि हामी संसद्मा पनि आवाज उठाउँछौं’, आजादले नेपालमा मधेसीको माग पूरा नगरेको विरोधमा उक्ता कुरा बताउँदै भने, ‘नेपालका ती जिल्ला फिर्ता लिनका लागि नेपाल तयार भएन भने उसबाट खोसेर लिनुपर्छ ।’ दैनिक जागरणका अनुसार नेपालको मधेस ९७ दिनदेखि आन्दोलनका आगोमा जलिरहेको छ । ‘सोमबारमात्रै महेन्द्र राजमार्गलाई आन्दोलनकारीले ठप्प बनाए’, पत्रिका लेख्छ, ‘आन्दोलनकारीले अस्थायी प्रहरी चौकी जलाए । सर्लाही जिल्लाको सिरसिया कबिलासीमा डिजेल बोकेको भारतीय मारुती भ्यान जलाइदिए । साथै चालकमाथि पनि कुटपिट गरे ।’ नवलपरासी जिल्लाको रतनगञ्जमा दुई भारतीय मोटरसाइकल जलाइएको पत्रिकाले लेखेको छ । 'गोपीगञ्जमा आगजनी भएको छ । परवानीपुर नजिकै दुई गाडीमा आगोग लगाइयो, गाडी चालकलाई कुटपिट गरियो’, दैनिक जागरण लेख्छ, ‘मटिहानी नाकामा पेट्रोलसहित अन्य सामानलाई तस्करले खोसेर नष्ट गरिदिएका छन् । जसमा १२५ बोरा भारतीय सिमेन्ट पनि लुटियो ।’ आइतबार सप्तरीमा भएको प्रहरी फायरिङमा मारिनेको संख्या पाँच पुगेको पत्रिकाको दाबी छ । ‘सोमबार कोशी नदी नजिकै अन्य शव भेटिएका छन्’, समाचारमा भनिएको छ, ‘यीनलाई पोस्टमार्टम गर्न अस्पताल पठाइयो । दुईको पहिचान हुन सकेन । घटनापछि सप्तरीमा अनिश्चितकालिन कफ्र्यू लगाइएको छ ।

Post a Comment

 
Top