0
काठमाण्डु, ९ मंसिर– गृह मन्त्रालयले अबदेखि राजमार्ग अवरुद्ध गर्नेलाई कारवाही गर्ने जनाएको छ । मधेसी मोर्चाले मधेसमा गरेको आन्दोलन दिनप्रतिदिन अमानवीय बन्दै गएपछि सरकारले सडक अवरुद्ध गर्नेलाई बल प्रयोग गरेरै भएपनि हटाउने निर्णय गरेको हो । शान्तिसुरक्षालाई मध्यनजर गर्दै जारी गरिएको बिशेष सुरक्षा योजना अन्तर्गत मन्त्रालयले राजमार्ग अवरुद्ध भए बल प्रयोग गरेरै भएपनि खुलाउने सुरक्षा योजना बनाएको हो । मोर्चाले आन्दोलन चर्काएको पूर्वी मधेसका जिल्ला पर्सादेखि सप्तरी र पश्चिमका जिल्ला नवलपरासीदेखि बाँकेसम्म बिशेष राजमार्गमा बिशेष सुरक्षा सतर्कता अपनाइने गृह मन्त्रालयले जनाएको छ । त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली

Post a Comment

 
Top