0
काठमाडौं, तपाइँ हामी मध्ये धेरैजसो मानिसहरू विहान उठ्ने बित्तिकै चिया पिउने गर्दछौं । हालै गरिएको एक अध्य्यनका क्रममा चियामा कीटनाशकको उपस्थिति पाईएको छ । हजुर, ग्रीनपीस नामको एक गैर-सरकारी संस्थाले गरेको अध्ययनपछि आफ्नो रिपोर्टमा जनाए अनुसार छिमेकी मुलुक भारतमा बेचिने राष्ट्रीय तथा अन्तर्राष्ट्रीय प्रमुख ब्राण्डका चियामा हानिकारक कीटनाशक पाइएको छ । रिपोर्ट अनुसार, यी मध्ये केही कीटनाशक यस्ता पनि छन जसलाइ विश्व स्वास्थ्य संगठनले अत्यधिक खतरनाक बताएको छ । डीडीटी जस्तो खतरनाक तत्व पनि भेटियो उक्त संस्थाले भारतमा मानिसहरूले पिउने गरेका आठ वटा कम्पनिहरूका ४९ वटा ब्राण्डेड चियाको नमूनाको अध्ययन गरेको थियो । यी कम्पनीहरू भारतका मात्र भनै विदेशहरूमा पनि आफ्ना प्रोडक्टस बेच्दछन । भारतको मुम्बई, दिल्ली, कोलकाता र बेंगलोरबाट लिइएको नमूनाहरूलाइ यूरोपको प्रमाणित ल्याबोरोटरीमा पठाइएको थियो । जसको परिक्षण गर्दा मानिसहरूले मस्त संग पिउने चियामा हानिकारक कीटनाशक समेत फेला परेको छ । त्यस्तै, ग्रीनपीसका वरिष्ठ प्रचारक नेहा सहगलले भनिन कि यस अध्य्यनबाट के कुराको खुलासा भएको छ भने यी नमूनाहरूमा लगभग ६७ प्रतिशतमा त डीडीटी जस्तो खतरनाक तत्व पनि भेटिएको छ । जसलाइ खेतीका क्रममा पनि प्रयोग गर्न प्रतिबन्धित गरिएको छ । यहां सम्मकी केही नमूनाहरूमा त मोनोक्रोटोफोस कीटनाशक पनि पाइएको थियो । यो त्यहि कीटनाशक हो, जसका कारण बिहारको एक स्कूलमा २३ जना बालबालिकाहरूको मृत्यु भएको थियो । उनीहरूको मीड-डे मिलमा यो तत्व फेला परेको थियो । यद्दपी, भारतीय चिया बोर्डले ग्रीनपीसको यस रिपोर्टलाइ खारेज गर्दै भनेको छ कि भारतको चियाको पत्ती पूर्ण रूपमा सुरक्षित छ ।

Post a Comment

 
Top