0
तीन दशक लामो युएईको बसाई टुँग्याएर स्वदेश फर्किंदै गरेका एक भारतीय व्यापारीको युएईको अवुधावी विमानस्थलमा मृत्यु भएको छ । उनको हृदयाघातबाट मृत्यु भएको युएईका सञ्चार माध्यमहरुले खवर लेखेका छन् । साहुल हमाद नामका ५८ बर्षिय ति व्यक्ति युएईको अल ऐनमा झण्डै ३५ बर्षदेखि रेष्टुराँ चलाएर बसेका थिए । तर उनले आफ्नो युएई बसाईलाई टुँग्याउँदै स्वदेश फर्किने इच्छा भनें पूरा हुन पाएन । उनी अवुधावी एयरपोर्टमा हातमा बोर्डिंग पास बोकेको अवस्थामा नै हृदयाघात भएर ढल्न पुगेका थिए । उनको त्यहिं मृृत्यु भएको थियो । उनी युएईमा रहेका सम्पूर्ण साथि तथा आफन्तलाई शनिवार भेटघाट गरी भारतमै बस्नेगरी स्वदेश फर्किंदै थिए । उनी कलकत्ताका लागि उड्न तम्तयार रहेको समाचारमा जनाइएको छ । परिवारलाई केहि घण्टाले मात्र भेट्न नपाएका उनको शव खलिफा अस्पताल पुर्याइएको छ । उनका तीनजना छोरीहरु भएको समाचारमा उल्लेख छ ।

Post a Comment

 
Top