0
जनकपुरधाम : संयुक्तलोकतान्त्रिक मधेसी मोर्चाले बुधबार धनुषाको ढल्केबरमा विरोधसभा गरेकोको छ । राजमार्ग केन्द्रितआन्दोलन थप सशक्त बनाउने उद्देश्यले मोर्चाले पूर्व–पश्चिम राजमार्गमै सभाको आयोजना गरेको हो । सभामा सहभागीहुन गाउँगाउँबाट ढल्केबर पुगेका हजारौं सर्वसाधारणले बजार भरिभराउ भयो । सभालाई सम्बोधनगर्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले राजनीतिक समस्याको समाधान बन्दुकको नोकमा गर्न खोजे परिणाम भयानक हुनसक्ने बताएका छन् । सरकारले दोहोरो चरित्र देखाएको भन्दै यादवले एकातर्फ वार्ताको कुरा गर्ने र अर्कोतर्फ नयाँ सुरक्षानीति ल्याउने काम गरेर समस्यालाई अझ बल्झाउन खोजेको बताए । उनले राजनीतिक समस्याको समाधान दमननीतिले नभई राजनीतिक रुपमै गर्नुपर्ने बताएका छन् । सरकारले राजमार्गमा सुरक्षानीति ल्याएर मधेसीको नरसंहार गर्ने सोच राखेको भए मधेसी मोर्चा यसको लागि पनि तयार रहेको यादवले बताए । हिम्मत भए सेना परिचालन गर्न सरकारलाई चेतावनी दिँदै मधेसको जनता त्यस्तो सेनासँग् जुध्न पनि तयार रहेको बताएका छन् । साम्प्रदायिक सोचका कारण सरकारले मधेस आन्दोलनलाई सम्बोधन गर्न नसकेको उनले बताएका छन् । पहिचान र अधिकारकै लागि पहाडमा आन्दोलन हुँदा विनावार्ता नै सबै माग पुरा गरेको सरकारले मधेसमा सोहीखालको माग उठ्दा दमनको नीति अपनाएर आफ्नो साम्प्रदायिक नीति स्पष्ट पारेको यादवको भनाइ थियो । नेपालमा भारतको नाकाबन्दी भन्दै प्रचारमा लागेको सरकारले जनतालाई अहिलेसम्म मुर्ख बनाइरहेको यादवले बताए । ‘नाकाबन्दी भारतले गरेको भए अहिले काठमाडौंमा नेताहरुको गाडीसमेत ठप्प भइसकेको हुन्थ्यो’, यादवले भने, ‘यो मधेसी जनताले काठमाडौंलाई लक्षित गरि गरेको असहयोग आन्दोलन हो तर, सरकारले यसलाई भ्रामक प्रचारबाजी गरेको छ ।’ सभालाई सम्बोधनगर्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राज्यसत्ताले सधैं आफूहरुलाई ठग्दै आएकोमा यसपटक नठगिने बताएका छन् । उनले उधारोमा होइन नगदमामात्रै यसपटक सम्झौता हुने बताए । सभामा बोल्दै तराई मधेस लोकतान्त्रिक पार्टीकाअध्यक्षमहन्थ ठाकुरले अहिलेको अवस्थामा नेपाललाई दुर्घटनाबाट जोगाउन सरकारले समयमै सोच्नु आवश्यक रहेको बताए । मधेसको समस्या देशभित्रै समाधान गर्नुको साटो छिमेकी देशहरु भारत र चीनलाई मित्र र शत्रुको रुपमा परिभाषित गर्ने कार्य भविष्यको लागि ठूलो खतरा रहेको ठाकुरको भनाइ थियो ।

Post a Comment

 
Top