0
नेपालगन्ज : मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा नेपालगन्ज– रुपेडिया नाका बुधबार दिउँसो रणभूमि बनेको छ । नाकामा संयुक्त लोकतान्त्रिक मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएपछि रणभूमि बनेको हो । मोर्चाका कार्याकर्ताले भारतीय भूमिबाट प्रहरीमाथि एक दर्जनबढी पेट्रोल बम प्रहार गरेका थिए । उनीहरुले भारतीय भूमिमबाट ढुङगा र इँटा पनि प्रहरमाथि बर्साए । ढुङ्गाको वर्षा नै हुँदा नाका युद्ध मैदान जस्तो देखियो । मधेसी मोर्चाको जबाफमा प्रहरीले ढुङ्गा प्रहार गरेका थियो । आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी नायव उपरीक्षक भिम किरण बोगटी सामान्य घाइते भएका छन । प्रहरी र आन्दोलनकारी दुवैतर्फ १२ जना बढी समान्य घाइते भएका छन् । भारतीय भूमिबाट लगातार पेट्रोल बम र ढुङ्गा प्रहार गरेपछि हतियारसहित निस्केका भारतीय सुरक्षा बल एसएसबी र भारतीय प्रहरीले भारतीय भूमिबाट आन्दोलनकारीलाई हटाएका थिए । विगतका दिनमा धेरै संख्यामा रहेका आन्दोलनकारी बुधबार सुरुवातमा भने नेपाली भूमिमै बसेका थिए ।

Post a Comment

 
Top