0
भाजपा सांसद र पूर्व क्रिकेटर कीर्ति आजादले भारतको दरभंगामा आयोजित एक कार्यक्रममा नेपालको विरुद्धमा भाषण गरेर तनाव बढाएका छन् । भाजपा सांसदले नेपालले मधेसका १५ जिल्ला भारतलाई फिर्ता दिनुपर्ने बताएका थिए । उनले अंग्रेजहरुले हिंदुस्तानको हिस्साको रुपमा रहेको यी जिल्ला नेपाललाई दिएको बताएका थिए । भाजपा सांसदले भने, ‘मधेशका १५ जिल्ला त्यसबखत अंग्रेजहरुले नेपाललाई दिएका थिए । यी सबै हिंदुस्तानकै भूभाग थिए । कोही कसैले न त्यतिबेला यसबारेमा कुरा उठाए न आजसम्म ती जिल्लाहरु फिर्ता लिन कुनै पहल भएको छ ।’ कीर्ति आजादले भने, ‘अब यसको लागि लड़ाइँ लडिनेछ । १५ जिल्ला फिर्ता लिन संसदमा पनि आवाज उठाइनेछ । नेपाललाई यी जिल्लाहरु फिर्ता गर्न माग गरिनेछ, नदिएमा खोसेर लिइनेछ ।’ कीर्ति आजादले नेपालमा मधेसीहरुको माग पूरी नगरिएको विरोधमा उक्त कुरा बताएका हुन् ।

Post a Comment

 
Top