0
फाइल तस्वीर वीरगञ्ज, १७ मंसिर । विगत तीन महिनादेखि बन्द रहेको वीरगञ्ज–रक्सौल नाकामा धर्ना दिएर बसिरहेका आन्दोलनकारीमाथि भारतीय समूहले अर्काे आक्रमण गरेको छ । बुधबार राति नाकाबाट मधेसी मोर्चासम्बद्ध आन्दोलनकारीलाई कुटेर हटाएको भारतीय समूहले आज विहानै उनीहरुमाथि ढुंगा वर्षाएको हो । नाकाको मितेरी पुलमा दुबैपक्षबीच ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ । मोर्चाका कार्यकर्ताले सीमामा कुनै सवारी चल्न नदिने भन्दै सीमा क्षेत्रमा इन्धन बेच्न बसेका भारतीय नागरिकको इन्धन पोखिएको र सोही विषयलाई लिएर भारतका नागरिकले नेपाली आन्दोलनकारीलाई ढुंगा प्रहार गरेको पर्सा प्रहरीले जनाएको छ । भारतीयको ढुंगा प्रहारबाट एक प्रदर्शनकारी सत्रुधन यादव घाइते भएका छन् । भारतीयको आक्रमणबाट टाउको फुटेका यादवलाई उपचारका लागि नारायणी क्षेत्रीय अस्पताल पुगाइएको छ ।

Post a Comment

 
Top