Upendra Yadav gave this kind of warning | Daily Exclusive News ( Media Np TV)
मिडिया एनपी, काठमाडौं, ८ मंसिर । विभिन्न माग राखेर आन्दोलन जारी राखेको मधेशी मोर्चामा आवद्ध दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मौजुदा संविधान कार्यान्वयन हुन नसक्ने चेतवानी दिएका छन् । रिपोर्टर्स क्लव नेपालले मंगलबार काठमाडौंमा गरेको साक्षात्कारमा अध्यक्ष यादवले विभेदपूर्ण रहेकाले नयाँ संविधान कार्यान्वयन हुन नसक्ने चेतावनी दोहोर्याएका हुन् । संविधानमा समानुपातिक, समावेशी लगायत सबैको हक अधिकार नसमेटिएको भन्दै उनले संविधान पुर्नलेखन गर्नुपर्ने आवश्यकता औंल्याए । संघीय सीमांकन हेरफेरको मूख्य माग राखेर तराई मधेशमा एक सय भन्दा बढी दिन देखि आन्दोलन जारी राखेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको मूख्य घटका रुपमा रहेको फोरम नेपालका अध्यक्ष यादवले आफूहरुको माग पूरा नभए सम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । आफूहरुको आन्दोलनमा भिजिलान्ते प्रयोग गरेको सरकार कालोबजारीमा लागेको उनको आरोप छ । मोर्चाले सीमानाकामा अवरोध गरेपनि नेपाल भित्रिएका इन्धनको कालोबजारी गरी सरकारले कमिशन खाइरहेको आरोप लगाएका उनले इन्धनको कालोबजारीको कमिशन बालुवाटार समेत पुग्ने गरेको दावी गरे । कालोबजारी मार्फत कमाउ धन्दामा लागेको सरकारले मधेशको माग पूरा गर्न नचाहेको उनको आरोप छ ।
Post a Comment