मधेसवादी दललाई धूलो चटाउन तराई मधेसकै जनता प्रतिकारमा उत्रिने’
काठमाडौं, ४ मंसिर । मधेस आन्दोलनले आजित भएपछि अब मधेसका जनता प्रतिकार उत्रिने भएका छन् । मधेस आन्दोलनले औषधिसमेत अभाव भएपछि नागरिक समाज र चुरेभावर लोकतान्त्रिक पार्टीको अगुवाईमा मधेसका जनता प्रतिकारमा उत्रिने भएका हुन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै चुरेभावर लोकतान्त्रिकले मधेसवादी दलले गरिरहेको आन्दोलन मधेस र मधेसी जनताको हितमा छैन भन्ने कुरा आम मधेसी जनताले बुझिसकेकाले अब त्यस्ता तत्वलाई देशमा लागेको धमिरा सम्झी धूलो चटाउन तराई मधेसकै जनता प्रतिकारमा उत्रने जनाएको छ । फाइल तस्बिर आन्दोलनको प्रतिकारमा उत्रिएका तराईबासी चुरेभावर लोकतान्त्रिकका अध्यक्ष भुमिराज निरौलाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘विदेशीको निहित स्वार्थसिद्धिका निम्नि गोटी बन्ने केही कथित मधेसवादी दलले गरिरहेको आन्दोलन मधेस र मधेसी जनताको हितमा छैन भन्ने कुरा आममधेसी जनताले बुझिसकेकाले अब त्यस्ता तत्वलाई देशमा लागेको धमिरा सम्झी धूलो चटाउन तराई मधेसकै जनता उत्रने छन् भन्ने कुरा हाल मोरङ र सुनसरीमा भइरहेको नागरिक समाजको आन्दोलनमा आमजनताको स्वस्फूर्त उपस्तितिले छर्लङ्ग पारिसकेको छ ।’ आन्दोलनको प्रतिकारमा चुरेभावरले तन मन धनले सहयोग गर्ने उल्लेख गरिएको छ । ‘ नागरिक समाजको अगुवाइमा आन्दोलित भइरहेको सन्दर्भमा चुरेभावर लोकतान्त्रिक पार्टीले देशलाई शिरमा र जनतालाई केन्द्रबिन्दुमा राखेर नागरिक समाजले गरेको जनपरिचालनप्रति ऐक्यबद्धता जनाउँदै स–शरीर उपस्थिति जनाउन पार्टी पंक्तिलाई निर्देशन दिइसकेको जानकारी गराउँदछौँ ।’ विज्ञप्तिमा भनिएको छ । चुरेभावरले नाकाबन्दीलाई तत्काल अन्तर्राष्ट्रियकरण गरी अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न माग गरेको छ । यस्तो छ विज्ञप्तिः जस्तोको तस्तै प्रेस विज्ञप्ति नेपालमाथि भारतले लगाएको अघोषित नाकाबन्दीका कारण आज देश अत्यन्त सङ्कटको भुमरीमा फसेको कुरा हामी सबैमा सर्वविदित नै छ । मधेसवादी दलका नाममा केही विदेशीका खेतालारूपी अङ्गीकृत नागरिताधारी व्यक्तिहरूले तराई मधेसलाई आफ्नो विर्ता–बपौतीसरह सम्झी नेपाल र भारतको सिमानमा गरिरहेको कथित आन्दोलनको समर्थनमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीका कारण देश बन्धक झैँ भएको र सर्वसाधारण जनता भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको प्रति चुरेभावर लोकतान्त्रिक पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । युद्धको बेलामा पनि खुला रहने खाद्यान्न, इन्धन, बिरामीले प्रयोग गर्ने ग्यास, औषधि जस्ता संवेदनशील सामग्रीसमेत ओसार–पसारमा प्रतिबन्ध लगाइएकाले नेपाली जनतालाई उपचारबाट वञ्चित गराई अत्यन्तै अमानवीय व्यवहार भएको छ । त्यसकारण भारतले नेपालमाथि लगाएको नाकाबन्दीका विरुद्ध नेपाल सरकारको मन्त्रिपरिषद्ले निर्णय गरी अन्तर्राष्ट्रियकरण गर्दै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ । विदेशीको निहित स्वार्थसिद्धिका निम्नि गोटी बन्ने केही कथित मधेसवादी दलले गरिरहेको आन्दोलन मधेस र मधेसी जनताको हितमा छैन भन्ने कुरा आममधेसी जनताले बुझिसकेकाले अब त्यस्ता तत्वलाई देशमा लागेको धमिरा सम्झी धूलो चटाउन तराई मधेसकै जनता उत्रने छन् भन्ने कुरा हाल मोरङ र सुनसरीमा भइरहेको नागरिक समाजको आन्दोलनमा आमजनताको स्वस्फूर्त उपस्तितिले छर्लङ्ग पारिसकेको छ । केही अङ्गीकृत नागरिकताधारीको माग पूरा गर्ने नाममा सुनसरी र मोरङ जिल्लालाई टुक्र्याउने प्रसङ्ग उठनासाथ त्यस क्षेत्रका जनता स्वतःस्फूर्त रूपमा अखण्ड सुनसरी र मोरङको पक्षमा नागरिक समाजको अगुवाइमा आन्दोलित भइरहेको सन्दर्भमा चुरेभावर लोकतान्त्रिक पार्टीले देशलाई शिरमा र जनतालाई केन्द्रबिन्दुमा राखेर नागरिक समाजले गरेको जनपरिचालनप्रति ऐक्यबद्धता जनाउँदै स–शरीर उपस्थिति जनाउन पार्टी पंक्तिलाई निर्देशन दिइसकेको जानकारी गराउँदछौँ । साथै, आमजनतालाई आन्दोलनमा सरिक भइदिन पनि अपिल गर्दछौँ । देशको सङ्घीय व्यवस्थाअनुसार प्रदेशहरूको सीमाङ्कन गर्दा तराई र पहाडलाई नछुट्ट्याउनका लागि तराई र पहाडको पुलको रूपमा छुट्टै चुरेभावर प्रदेश बनाइनुपर्दछ । चुरेभावर क्षेत्रलाई कुनै अङ्गीकृत नागरिकताधारीको राजनीतिक खेल मैदान बनाउन दिइने छैन भन्ने कुरामा पार्टी दृढसङ्कल्पित रहेको पनि स्मरण गराउन चाहन्छौँ । ……………………………. (भूमिराज निरौला) अध्यक्ष चुरेभावर लोकतान्त्रिक पार्टी
Post a Comment