0
काठमाडौं, ५ मंसिर । भारतपरस्तको आरोप लाग्दै आएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको एउटा विवादास्पद तस्वीर सार्वजनिक भएको छ । मधेसमा आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रमुख कमाण्डर समेत रहेका महतोले वीरगञ्जमा आयोजित मोर्चाको एक समारोहमा भारतको झण्डा जस्तै देखिने खादा काँधमा लगाएको तस्वीर सार्वजनिक भएको हो । यो तस्वीरले महताले आफूलाई भारतको ‘वफादार सिपाई’ प्रमाणित गरेका छन् । माथिको तस्वीरमा कार्यक्रममा प्रमुख अतिथि रहेका महतोले भारतको झण्डा झल्किने खादा काँधमा लगाएको प्रष्ट देखिएको छ । सोही कार्यक्रममा उनले मधेस आन्दोलनका माग सम्बोधन गर्न सरकार गम्भीर नभएको आरोप लगाए । उसो महतोमाथि किर्ते गरेर अंगिकृत नागरिकता लिएको आरोप पनि लाग्दै आएको छ । आरोप अनुसार २०२७ सालतिर महतोले किर्ते गरेर पहिला आफ्नो नागरिकता बनाएका थिए । पछि आफ्नो बुबाको नागरिकता बनाएको आरोप पनि उनले खेप्दै आएका छन् । उनी आफ्ना भाषणमा आफूलाई नेपालको राष्ट्रवादी नेता भन्न पनि पछि पर्दैनन् । भर्खरै एक अन्तर्वार्ताका क्रममा उनले आफूसँग जन्मसिद्ध नेपालको नागरिकता भएको र आफू नेपालमै जन्मेको बताएका छन् । तर, नेपालमा जन्मेको नागरिक, अझ भन्ने हो भने आफूलाई राष्ट्रवादी बन्ने नेताले अर्काको देशको झण्डा झल्किने खादा काँधमा लगाएर सार्वजनिक कार्यक्रम प्रमुख अतिथिको आसन ग्रहण गर्लान् ? यहाँनेर महतोमाथि प्रश्न गर्ने थुप्रै ठाउँ देखिन्छ । उनी भारतकै ‘वफादार सिपाई’ बनेजस्तो देखिन्छ । यसअघि भारतीय पत्रिका अमर उजालालाई दिएको अभिव्यक्तिले पनि उनी भारतकै हुन् जस्तो देखाउँछ । भारतीय पत्रिकामा उनले भारतविना नेपालले साँस पनि फेर्न नसक्ने अभिव्यक्ति दिएका थिए ।

Post a Comment

 
Top