अमरेशकुमार सिंहको कांग्रेसलाई चेतावनी–अहिले प्रदेश मागेका छौं, भोलि देश माग्नुपर्ला
काठमाडौं । पटकपटक विवादित अभिव्यक्ति दिंदै आएका कांग्रेस सभासद् अमेरेशकुमार सिंहले मधेसको माग तत्काल सम्बोधन नगरिए तराईमा प्रदेशको सट्टा देश नै माग्नुपर्ने बताएका छन् । अाफ्नै पार्टीले मधेसबाट प्रतिनिधित्व गर्ने सांसदसँग गरेको छलफलमा उनले बताएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । ‘संविधान संशोधन प्रस्ताव पारित गर्न कांग्रेसले दबाब दिनुपर्छ । साथै, सीमांकनमा पनि हाम्रो पार्टी अब लचिलो हुनुपर्छ । जिल्ला काटेर भए पनि सीमांकन गर्न तयार हुनुपर्छ । हामीलाई तराईमा झर्न अहिले नै गाह्रो छ । सीमांकन मिलाइएन भने हामी पनि तराई जान सक्दैनौँ । अहिले प्रदेश मागको कुरा उठेको छ । भोलि देशको कुरा नउठोस् ।’ उनले भनेका छन् ।
Post a Comment