स्कर्टिङ रोक्न भेला भएका प्रदर्शनकारीको प्रहरीसँग भीडन्त हुँदा दुई जनाको मृत्यु
मंसिर २०७२ ७:५७:०३ नयाँ शक्तिको औपचारिक भेला आज, देशभरीबाट बाबुराम समर्थक राजधानीमा सिकिस्त विरामी बाेकेकाे एम्बुलेन्समाथि माेर्चाका कार्यकार्ताले गरे अाक्रमण, चालकको टाउको फुटाईयाे सप्तरी, मंसिर ६ । यात्रुबाहक बसको स्कर्टिङ रोक्न जम्मा भएका प्रदर्शनकारी र प्रहरीबीच भीडन्त हुँदा सप्तरीमा दुइजना मधेसी मोर्चाका आन्दोलनकारीको मृत्यु भएको छ । प्रहरीले आफूहरुमाथि जाइलाग्न आएपछि प्रतिकार गर्दा गोली चलाएको बताएको छ । सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालध्वज सुवेदीका अनुसार मृत्यु हुनेमा गाढा–९ का वीरेन्द्र राम र जमुनी मध्यपुरमा–७ का नागेश्वर यादव रहेका छन् । भारदह र रुपनीमा गोली लागेपछि उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो । गोली लागेका अन्य २० जनालाई बीपी स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा उपचार भइरहेको गरिँदै छ । रक्षात्मक कार्वाहीमा मृत्यु भएको प्रहरीले बताएको छ । मोर्चाले भने अनावश्यक बल प्रयोग गरिएको आरोप लगाएको छ । पूर्वघोषित कार्यक्रमअनुसार सप्तरीका विभिन्न गाउँबाट मधेसी मोर्चा, थरुहट थारुवान मोर्चा र मुस्लिम गठबन्धले मान्छे बोलाइ राजमार्गमा धर्ना बसेका थिए। आन्दोलनकारीमाथि दमन गरेको भन्दै सप्तरी र सिरहाका विभिन्न ठाउँमा टाइर बालेर प्रदर्शन सुरु भएको छ।
Post a Comment