हतियार सहित नेपाल छिरेका १३ जना भारतीय सुरक्षाकर्मी सशस्त्र प्रहरीको नियन्त्रणमा
गौरव पोखरेल/ झापा मंसिर, १३। झापाको केचना नाकाबाट हतियार सहित नेपालको भुभागमा छिरेका भारतीय सिमा सुरक्षा बल (एसएसबी)का १३ जनालाई नेपालको सशस्त्र प्रहरीले आज विहान नियन्त्रणमा लिएको छ । सशस्त्रका अनुसार उनीहरुले पक्राउपश्चात तस्करहरुलाई लखेट्दै आउँदा भुलबस नेपालको भूगोलमा छिरेको बताएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले उनीहरु तस्करलाई लखेट्दै नेपाल छिरे पनि बाटो विराएका हुन् वा नियोजितरुपमा छिरेका हुन् अनुसन्धान भइरहेको बताएका छन् । केचना नाकामा रहेको सशस्त्र प्रहरीको बेशक्याम्पमा राखिएका ति १३ भारतीय एसएसबीलाई नेपाल सरकारको गृहमन्त्रालयको आदेश नआई नछोड्ने सशस्त्रले बताएको छ । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाको टोली केचनातर्फ गएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । फाइल तस्विर
Post a Comment