0
१५ साउन, काठमाडौं । अर्बौ रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु क्षेत्री र कृष्ण क्षेत्री पक्राउ परेका छन् ।महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले क्षेत्री दाजुभाइलाई नेपाल भारतको सीमा क्षेत्र गड्डा चौकीबाट पक्राउ गरेको हो । क्षेत्री दाजुभाइलाई पक्राउ गरेकोबारे जनकारी दिन प्रहरी अपराहृन ५ बजे पत्रकार सम्मेलन गर्दैछ ।क्षेत्री दाजुभाइ भारतमा लुक्दै आएका थिए । हालै मात्र कृष्ण केसीले आफ्नो दाजु विष्णुको गोली हानी हत्या भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा अफबाह फैलाएका थिए ।गैरकानुनी रुपमा बैंकिङ, इन्स्योरेन्स लगायतका आर्थिक गतिविधि सञ्चालन गरेर सार्वसाधारणको अर्बौं ठगेको भन्दै सउरकारले चार वर्ष अघि कारबाही सुरु गरेको थियो ।युनिटी ठगी प्रकरणमा अध्यक्ष काशी गुरुङ यसअघि नै पक्राउ परेपनि क्षेत्री दाजुभाइ फारर थिए ।

Post a Comment

 
Top