0
राजदूत प्रसाई र काउन्सिलर दाहालद्वारा स्वास्थ्य अबस्थाबारे जानकारी एन आइ न्यूज इजरायल (अपडेट) आइतवार विहान जेरुशलेममा प्यालेस्टेनी आतंकवादीको चक्कु प्रहारबाट घाइते इश्वरी थपलियालाई अस्पतालले आजै डिस्चार्ज गर्ने तयारी भएपनि अन्तिम समयमा आएर विरामको अवस्था कमजोर देखिएकाले केही दिन अस्पतालमै राख्न जरुरी देखिएको जनाउदै आज डिस्चार्ज गरेन । यद्यपी उनको अवस्था अहिले चिन्ताचनक नरहेको हाम्रा समाचारदाताले जनाएका छन् । चक्कु प्रहारबाट ढाडमा गहिरो चोट लागेकी थपलियालाई सामान्य उपचार पश्चात चिकिकत्सकले एक साताको वेड रेस्टको सिफारिस सहित आइतवार अपहान्ह डिस्चार्ज गर्ने तयारी गरेको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि चक्कु प्रहारबाट लागेको चोट संक्रमण हुनसक्ने भएकाले केही दिन अस्पतालमै राख्नुपर्ने देखिएको चिकित्सकले बताए पनि एकदुई दिनमा डिस्चार्ज हुने विश्वास घाइते थपलियाको रहेको छ । यसैविच इजरायलकालागि नेपाली राजदूत प्रल्हाद कुमार प्रसाई र दूतावासका काउन्सिलर तथा उपनियोग प्रमुख खड्ग प्रसाद दाहालले घाइते थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । राजदूत प्रसाई र काउन्सिलर दाहाल आज अप्रहान्न सरिक सेदेक अस्पताल पुगी घाइते थपलियासँग भेटघाट गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको हो । दूतावासका काउन्सिलर दाहालले घाइतेको अवस्था सामान्य रहेको बताउनु हुदै करङभन्दा अलिकति तल चोट लागेको,चोट धेरै गहिरो नभएकाले टाँका लगाउन नपर्ने देखिएकाले सामान्य ड्रेसिङ मात्र गरेको थपलियाको उपचारमा संलग्न चिकित्सकले जानाकारी दिएको हामीसँगको कुराकानीमा बताउनुभयो । जेरुशलेमको केन्द्रिय वस पार्क नजिकै पर्ने रुमेमा भन्ने स्थानमा बस स्टेसनमा बस कुरिरहेको अवस्थामा उनमाथि सो आक्रमण भएको थियो । आक्रमण लगत्तै उनलाई इजरायली एम्वुलेन्स सेवा (मगेन दाविद आदोम)को सहयोगमा सरिक सेदेक अस्पतालमा पुर्याइएको थियो ।

Post a Comment

 
Top