
एजेन्सी । सामाजिक सञ्जालमा एक भिडियो निकै भाइरल बनेको छ । जसमा एक युवकले भारतको विहारका एक पुलिसलाई थप्पड मारिरहेका छन् । भिडियोमा उनले भनेका छन् की पुलिसले विना कारण उनलाई पिटेका कारण उनले प्रतिवाद स्वरुप थप्पड मारेका थिए । भिडियोमा देखिएअनुसार एक पुलिसले उनलाई समातेका छन् । दुवै जनाले एकअर्काको कठालो समातेका छन् र सवाल जवाफ गरिरहेका छन् । युवकले पुलिसलाई देखाइदिने धम्कि दिइरहेका छन् । यसैको बीचमा एक पुलिस आएर बचाउने कोशिष गरिरहेका छन् । तर युवकले पुलिसलाई पहिल्यै थप्पड मारेका थिए । यसपछि पुलिसले पनि उसलाई थप्पड मार्छ । एक पुलिसले आफ्नो रिभल्बर समेत निकाल्छ । बिहारको समस्तीपुर जिल्लाका नीलमणी सिन्हा नामका फेसबुक प्रयोगकर्ताले यो भिडियो २५ डिसेम्बरमा अपलोड गरेका थिए । अहिले सम्म यो भिडियोलाई लाखौंले हेरेका छन् ।
Post a Comment