
काठमाडौं, मङ्सिर २३ । रौतहटस्थित नेपाल–भारत सिमाक्षेत्रको मितेरी पुलमा धर्नामा बसेका आन्दोलनकारी पिटिएका छन् । स्थानीयको आक्रमणबाट चारजना आन्दोलनकारी घाइते भएका छन् भने आक्रोशित आन्दोलनकारीले एउटा मोटरसाइकल जलाइ दिएका छन् । रौतहटको गौर र भारतको बैरगनिया जोड्ने पुलमा आयात र निर्यात ठप्प पार्न धर्नामा बसेका आन्दोलनकारीको ज्यादती बढेको भन्दै गौरका स्थानीयबासिन्दाले आक्रमण गरेको इमेज खबरमा समाचार प्रकाशित छ। गौर नगरपालिका–२ का रोहित साहले विवाहका लागि भारतको बैरगनियाबाट सामान किनेर ल्याउने क्रममा आन्दोलनकारीले मोटरसाइकलको पेट्रोल खन्याएपछि विवाद भएको केहीबेरमा नै स्थानीय आन्दोलनकारीबिरुद्व लागेका हुन् । आन्दोलनकारीले साहमाथि हातपात गरेपछि उनले आफन्त र स्थानीयको सहयोगमा मोर्चा आबद्ध धर्नाकारीमाथि आक्रमण गरेका हुन् । फाइल तस्विर
Post a Comment