
काठमाण्डु, २१ मंसिर– भारतीय जनता दल युनाइटेडका सांसद पवन कुमार वर्माले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै भारतको राज्यसभामा सरकारको आलोचना गरेका छन् । विदेशमन्त्री सुषमा स्वराजको उपस्थितिमा भएको राज्यसभाको सोमबारको बैठकमा उनले भूकम्पपछि थिलोथिलो परेको नेपालमा नाकाबन्दी लगाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी देशप्रति बनाएको नीतिको आफै उल्लंघन गरेको आरोप लगाए । उनले भने, ‘नेपालसँग रोटी बेटीको सम्बन्ध छ भन्ने अनि उससँगै दस्मनी मोलने ? के यही हो मादी सरकारको नीति ?’ नेपालमा ग्यास, औषधि लगायतका खाद्यान्को अभाव भएको प्रशंग केलाउँदै उनले मोदीले नेपाल भ्रमण गरेका बेला ऋषि मनले संविधान बनाउन आग्रह गरे पनि अहिले त्यही संविधानको विरोध गरेको बताए । उनले भने, ‘अहिले नेपाल निकै संवेदनशिल अवस्थामा रहेको छ । एक लोकतान्त्रिक मुलुकले अर्को मुलुकलाई आफ्नो अन्डरमा राख्न मिल्दैन । नेपालको आन्तरिक समस्यामा भारतले किन हस्तक्षेप गर्छ ? हामी साथीको रुपमा उसलाई सहयोग र सल्लाह दिने हो तर, हस्तक्षेप गर्ने होईन ।’
Post a Comment