
काठमाडौं, २६ मंसिर । निजी भ्रमण भन्दै भारत गएका उपप्रधानमन्त्री तथा परराष्टमन्त्री कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएन । तर, बिहान स्वराजको निवासमै पुगेर थापाले कुराकानी गरे ।त्यहीँबाट प्रधानमन्त्री केपी ओलीसँग स्वराजको कुराकानी भयो । तीनबुँदे प्रस्ताबबारे स्वराज सम्भवत: आश्वस्त भइन् । मोर्चाका शीर्ष नेतालाई बोलाएरै कुराकानी गर्ने आश्वासन भारतीय पक्षले दियो । त्यही बिहान थापा काठमाडौं फर्किए । जाँदाजाँदै उनले भने, ‘भारत सकारात्मक भयो, नाकाबन्दी खुल्छ ।’ मधेसीसँग वार्ता हुने र सहमति हुने थापाले अगाडि नै भारतीय मिडियामार्फत सार्वजनिक गरिदिएको थियो । सहमतिपत्र पहिले नै सार्वजनिक गरेर आफूहरूलाई भूमिकाविहीन बनाएको भन्दै मधेसीहरू आक्रोशित भए । उता, दिल्ली भने मधेसी नेतालाई फकाउने र दबाब दिने रणनीतिमा लाग्यो । नयाँ पत्रिकामा खबर छ ।
Post a Comment